शेरबहादुरको गाउँमा शेरबहादुरै शेरबहादुर

प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँमा शेरबहादुर नै शेरबहादुर भेटिएका छन् । देउवा थरका शेरबहादुर १३ जना छन् भने यो गाउँमा अन्य थरका १० शेरबहादुरसहित एउटै गाउँमा २३ जना शेरबहादुर रहेका छन् ।

शेरबहादुर नै शेरबहादुरको भीडमा कुन चाहिँ प्रधानमन्त्री देउवा हुन् भनेर झट्ट छुट्याउन गाह्रो पर्छ । २७ वर्षको युवा शेरबहादुरदेखि ७७ वर्षसम्मका वृद्ध शेरबहादुर गरी दुई दर्जन शेरबहादुर एउटै गाउँमा छन् ।

प्रधानमन्त्री शेरबहादुर कुन हुन भनेर निवार्चन आयोगलाई नाम पत्ता लगाउन हम्मे हम्मे पर्छ । त्यसैले उनको मतदाता पत्ता लगाउन उनका बुवा र आमाको नाम भिडाउनुपर्छ ।

प्रधानमन्त्री देउवा, उनकी श्रीमती आरजु र छोरा जयवीर सिंहको पनि डडेल्धुरामै मतदाता नामावली छ । यसपटकको चुनावमा मतदान गर्न देउवा डडेल्धुरा पुगिसेकका छन् ।

प्रधानमन्त्रीको गाउँ गन्यापधुराको रुवाखोला हो । उनको गाउँमा २७ वर्षीय अविवाहित युवा शेरबहादुरदेखि अरू थरका पनि शेरबहादुर छन् ।

प्रधानमन्त्री देउवाले भोलि शुक्रवार हुने स्थानीय तह निर्वाचनका लागि गन्यापधुरा गाउँपालिकाको असिग्राम माविस्थित रुवाखोलामा तोकिएको मतदान केन्द्र पुगेर मतदान गर्नेछन् ।  निर्वाचन आयोगका अनुसार गन्यापधुरामा १० हजार ४१४ जना मतदाता छन् । प्रधानमन्त्री देउवाले विद्यालय तह अध्ययन गरेको पनि यही असिग्राम मावि नै हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *