रकम बाँडेर मतदातालाई प्रभावित पारेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । बिहीबार उनलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनलाई सीतासरणको कोठा नम्बर–३०५ बाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताइएको छ । ०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए ।
Artha Sanjal







