काठमाडौं । संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले बल प्रयोग गरेर सरकारले बस्ती उठाउन खोजे त्यसको प्रतिवाद गर्ने बताएको छ ।
बिहीबार दिउँसो शंखमुलस्थित एक कार्यालयमा बसेको मोर्चाको बैठकमा सरकारले बस्ती उठाउन निर्देशन दिएको बिषयमा छलफल भएको गरिएको हो। मोर्चाका उपाध्यक्ष पवन गुरुङका अनुसारसञ्चारमाध्यममा बस्ती हटाउने सरकारको तयारीबारे समाचार सार्वजनिक भएपछि बिहीबार दिउँसो बैठक बसेको थियो ।
‘बैठकमा सुरुमा त सरकारको निर्णय आधिकारिक हो या होइन भन्ने विषय उठ्यो, गुरुङले भने, ‘यदि हो रहेछ र बल प्रयोग गरेर उठाउने काम गरिएछ भने हामी प्रतिरक्षाको लागि जे पनि गर्न तयार छौँ । जसरी पनि प्रतिरोध गर्छौं । यसबारे हाम्रो बैठकमा बृहत छलफल भएको छ।’
प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै आउँदो शनिबार र आइतबारसम्म सुकुम्बासी बस्ती खाली गराउन निर्देशन दिएका छन्।






