सभापति सँगको भेट नियमित हो – सुधन गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँगको भेटलाई स्वाभाविक र नियमित प्रक्रिया भएको बताएका छन्।

लघु बिमा कम्पनीको सेयर विवादमा तानिएपछि सभापति लामिछानेको निवास पुगेका उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

विवादास्पद व्यवसायी दीपक भट्ट समूहको लगानी रहेको कम्पनीमा संस्थापक सेयर रहेको र उक्त विवरण लुकाएको आरोप लागेपछि गृहमन्त्री गुरुङ मंगलबार लामिछानेको बुढानीलकण्ठस्थित निवास पुगेका थिए।

भेटका सम्बन्धमा सोधिएको प्रश्नमा उनले भने, ‘पार्टी सभापतिसँगको भेटघाट एउटा नियमित प्रक्रिया हो, हामीबीच दिनदिनै भेट हुन्छ।’

व्यवसायी भट्टसँगको व्यावसायिक कनेक्सन र सम्पत्ति विवरणमा सेयरको तथ्य गोप्य राखेको भन्दै विपक्षी दल र सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ।

सेयर विवाद र राजीनामाको मागबारे पत्रकारहरूले सोधेको प्रश्नमा भने उनले कुनै ठोस प्रतिक्रिया दिएनन्। यद्यपि, यसअघि सामाजिक सञ्जालमार्फत उनले उक्त सेयर ऋणमार्फत् लिएको बताएका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *