काठमाडौं। प्रभु बैंक लिमिटेड ले ८.५० प्रतिशत दरका अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ।
बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंक लगायत नियामकीय निकायबाट स्वीकृति प्राप्त भएपछि उक्त शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
निर्णय अनुसार प्रति शेयर १०० रुपैयाँ दरका ५ करोड इकाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गरिनेछ। यसमा ८.५० प्रतिशत लाभांश दर कायम गरिनेछ भने मुनाफा भएको वर्षमा मात्र लाभांश वितरण गरिने व्यवस्था गरिएको छ।
बैंकले पूँजी आधार सुदृढ बनाउन तथा कर्जा प्रवाह विस्तार गर्ने उद्देश्यले यस्तो शेयर जारी गर्न लागेको जनाएको छ।
Artha Sanjal






