नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भएको थियो।




