अरुण काबेलीकाे तेस्रो त्रैमासमा कति नाफा ?

अरुण काबेली पावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २२ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा १०.३४% धेरै हो । गत वर्ष यसले २० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी १४.६२% ले बढेर ५९ करोड २५ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले विद्युत बिक्रीबाट ५१ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, कम्पनीले अन्य श्रोतबाट हुने आम्दानी पनि ५ लाख ४२ हजार रुपैयाँबाट बढाएर ३१ १५ हजार लाख रुपैयाँ पुर्याएको छ । हाल अरुण काबेलीको चुक्ता पुँजी १ अर्ब ८५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ करोड २८ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ १२ पैसा (वार्षिक) रहेको यसको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ५५ पैसा छ ।
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *