लुम्बिनी विकास बैंकले थप दुई शाखाहरुको उद्घाटन गरेको छ । बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका र बर्दिया जिल्लाको मधुवन नगरपालिकामा थप दुई शाखाहरुको उद्घाटन गरेको हो ।
बैंकको चन्द्रौटा शाखाको उद्घाटन सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन केसीले संयुक्त रुपमा गरेका थिए ।
साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग वाणिज्य संघ तारातालका अध्यक्ष देवेन्द्र तिमल्सिना ले संयुक्त रुपमा गरेका थिए ।
यस दुई शाखासहित लुम्बिनी विकास बैंकको शाखा संख्या ८३ पुगेको छ ।
Artha Sanjal






