काठमाडौँ । गायिका एलिना चौहानले कलाकार सागर लम्साल ‘बले’ विरुद्ध लागेको बलात्कारको आरोपका सम्बन्धमा सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेकी हुन् । उनले सामाजिक संजालमा एक स्टाटस पोस्ट गर्दै यस्तो धारणा राखेकी हुन् ।
उनले लेखेकी छन्,- ‘कृपया सबैले सुरुमा आरोप लागेको नाम स्पष्ट हेर्नुहोस् । सत्य के हो छानबिनबाट बाहिर आओस् । दोषी भए कडा कारबाही होस्, निर्दोष भए न्याय पाओस् ।’
यस्तै उनले अर्को स्टाटसमा बलात्कारजस्ता विषयमा आवाज उठाउन ठूलो साहस चाहिने बताएकी छन् । उनले पीडित महिलाको पक्षमा बोल्दै भनेकी छन्, ‘कसैले आफ्नो पीडा सुनाइरहेको छ भने सुन, सुन्न सक्दैनौ भने चुप लागेर बस। तर आफ्नो बलात्कारी सोच कमेन्टमा नबर्साऊ। घरेलु हिंसा र बलात्कारजस्ता विषयमा आवाज उठाउन ठूलो साहस चाहिन्छ।’
उनले अगाडि लेखेकी छन्, ‘तिमीहरूकै सोचका कारण धेरैले बोल्ने हिम्मत गर्न सक्दैनन् र बोले पनि पछि पछुताउन बाध्य हुन्छन्। पीडितलाई दोष दिने सोच कहिले हट्ने?’






