काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल ले प्रतिनिधि सभाको सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन्।
शुक्रबार सिंहदरबार पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
२७५ सदस्यीय प्रतिनिधि सभा मा सभामुख चयनका लागि बहुमत आवश्यक पर्ने व्यवस्था छ। अर्यालको उम्मेदवारीलाई लिएर संसदभित्र राजनीतिक दलहरूबीच छलफल जारी रहेको जनाइएको छ। सभामुख चयन प्रक्रिया आगामी बैठकमा टुंगो लगाइने अपेक्षा गरिएको छ।
Artha Sanjal






