राजा र हिन्दु राज्य फर्काउने अभियानमा लाग्न बालेन साहलाई दुर्गा प्रसाईंको आग्रह

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान का संयोजक दुर्गा प्रसाईं ले केपी शर्मा ओलीरमेश लेखक पक्राउ पर्नु ठूलो विषय नभएको बताएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिले व्यक्तिको पक्राउभन्दा पनि देशको अस्तित्व नै मुख्य चुनौती बनेको जिकिर गरे। पुराना दलहरूको अहङ्कारका कारण देश संकटतर्फ धकेलिएको भन्दै उनले त्यसलाई रावणको अहङ्कारसँग तुलना गरे।

प्रसाईंले पछिल्ला घटनाहरूको निष्पक्ष छानबिन गरी मुख्य योजनाकारहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै डिजिटल माध्यम प्रयोग गरेर आन्दोलन उक्साउने र बालबालिकालाई प्रयोग गर्ने प्रवृत्तिमाथि कडा कारबाही गर्नुपर्ने बताए।

उनले नवनियुक्त प्रधानमन्त्री बालेन शाह लाई बधाई दिँदै विगतका नेताहरू जस्तै विद्रोही पृष्ठभूमिबाट सत्तामा आएको टिप्पणी गरे। साथै अन्तर्राष्ट्रिय शक्तिहरूलाई चेतावनी दिँदै नेपालमा दलाई लामा सम्बन्धी गतिविधि स्वीकार्य नहुने बताए।

देशको समृद्धिका लागि वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनःस्थापना आवश्यक रहेको दाबी गर्दै उनले अन्ततः राजसंस्था फर्काएर मात्र देश बचाउन सकिने बताएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *