रमेश लेखक पक्राउपछि कांग्रेस इतर समूह आपतकालीन छलफलमा

काठमाडौँ । नेपाली कांग्रेस का नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पार्टीभित्र इतर समूहका नेताहरूबीच रणनीतिक छलफल सुरु भएको छ।

ठमेलस्थित एक होटलमा जारी बैठकमा पूर्णबहादुर खड्का, शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, एनपी साउद, बलबहादुर केसी, मिनेन्द्र रिजाल लगायतका नेताहरू सहभागी रहेका छन्।

साथै, निवर्तमान मुख्यसचिव कृष्णप्रसाद पौडेल सहित करिब दुई दर्जन नेता बैठकमा सहभागी भएको स्रोतले जनाएको छ। बैठकपछि औपचारिक धारणा सार्वजनिक गर्न विज्ञप्ति जारी गर्ने तयारी भइरहेको बताइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *