निर्जीवन बीमामा कम्पनीहरुको कारोबार ३१ अर्बमाथि: शीर्ष स्थानमा शिखर इन्स्योरेन्स

काठमाडौं। चालु आर्थिक वर्षको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूले करिब ३१ अर्ब रुपैयाँभन्दा बढी बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरण ले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ कम्पनीले कुल ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।

यस अवधिमा सर्वाधिक बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ४ अर्ब ३८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा सगरमाथा इन्स्योरेन्स रहेको छ, जसले ३ अर्ब ३६ करोड रुपैयाँ आर्जन गरेको छ। त्यस्तै तेस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ, जसको कुल बीमाशुल्क ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ।

 फागुन मसान्तसम्म अन्य कम्पनीहरूको कारोबार पनि उल्लेखनीय रहेको छ। सिद्धार्थ प्रिमियम इन्स्योरेन्स ले २ अर्ब ७९ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ले २ अर्ब ६८ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स ले २ अर्ब ५३ करोड रुपैयाँ र नेको इन्स्योरेन्स ले २ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

त्यसैगरी, युनाइटेड अजोड इन्स्योरेन्स ले १ अर्ब ९६ करोड रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्स ले १ अर्ब ९४ करोड रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्स ले १ अर्ब ७८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनी ले १ अर्ब ४९ करोड रुपैयाँ र प्रभु इन्स्योरेन्स ले १ अर्ब २१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

सूचीको पुछारमा रहेको राष्ट्रिय बीमा कम्पनी ले १ अर्ब ६ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्स ले ८६ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *