आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा जागिर खुल्यो, कति चाहिन्छ योग्यता ?

काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स ले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले देशभर रहेका आफ्ना शाखा कार्यालयका लागि मार्केटिङ विभागअन्तर्गत चार तहका पदमा आवेदन खुलाएको हो।

कम्पनीका अनुसार सहायक प्रबन्धक तथा उपप्रबन्धक पदका लागि न्यूनतम स्नातक (स्नातकोत्तरलाई प्राथमिकता) उत्तीर्ण भई निर्जीवन बीमा क्षेत्रमा कम्तीमा ६ वर्षको अनुभव आवश्यक पर्नेछ। त्यस्तै, सिनियर डेभलपमेन्ट अफिसर, मार्केटिङ अफिसर तथा वरिष्ठ मार्केटिङ अफिसर पदका लागि स्नातक (स्नातकोत्तरलाई प्राथमिकता) उत्तीर्ण भई सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव माग गरिएको छ।

यसैगरी, डेपुटी डेभलपमेन्ट अफिसर तथा डेभलपमेन्ट अफिसर पदका लागि न्यूनतम प्लस टु (स्नातकलाई प्राथमिकता) उत्तीर्ण भई बीमा, बैंकिङ वा वित्तीय संस्थामा कम्तीमा २ वर्षको अनुभव आवश्यक पर्ने कम्पनीले जनाएको छ।

प्रशिक्षार्थी डेभलपमेन्ट अफिसर पदमा भने प्लस टु उत्तीर्ण, २५ वर्ष ननाघेका इच्छुक उम्मेदवारहरूले आवेदन दिन सक्नेछन्। यस पदमा नयाँ उम्मेदवारलाई समेत अवसर दिइएको कम्पनीले जनाएको छ।

इच्छुक उम्मेदवारहरूले चैत २५ गते (सन् २०२६ अप्रिल ८) भित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *