नेप्सेमा शाइन रेसुंगासहित तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शाइन रेसुंगा डेभलपमेन्ट बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर र युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ।

शाइन रेसुंगाले ५ प्रतिशत बोनसबापतको १४ लाख ६२ हजार ७१० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ४० प्रतिशत बोनस सेयरबापत ५१ लाख ३७ हजार ४ हजार ८९ कित्ता सेयर सूचीकृत भएको हो।

युनाइटेड इदी मर्दी आरबी हाइड्रोको ५ प्रतिशत बोनबापत २ लाख ३० हजार ४१२ कित्ता सेयर सूचीकृत भएको छ। सूचीकृत सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *