काठमाडौं उपत्यकाको फोहर विसर्जनमा फेरि अवरोध

काठमाडौं । काठमाडौं उपत्यकाको फोहर विसर्जनमा बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले अवरोध गरेका छन् ।

काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको बञ्चरेडाँडा क्षेत्रका वासिन्दाले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर विसर्जन रोकेका हुन् ।

सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौताहरू कागजमै सीमित भएको स्थानीयको आरोप छ। आफ्ना मागहरू सम्बोधन नभएसम्म फोहोर फाल्न नदिने अडानसहित नुवाकोट र धादिङका प्रभावित बासिन्दाले फोहोर बोकेर आएका ट्रकहरूलाई बाटोबाटै फर्काइदिएका छन्।

उधारो सहमतिबाट पटक-पटक ठगिएका कारण यसपालि वारपारको निर्णय नभएसम्म अवरोध जारी रहने स्थानीय बासिन्दाहरूकाे भनाइ छ।

यसअघि गत कात्तिक १६ गते सहरी विकास मन्त्री कुलमान घिसिङले प्रतिबद्धता जनाएपछि केही समयका लागि खुलेको बञ्चरेडाँडा अहिले फेरि ठप्प भएको हो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *