अनुचित लेनदेनको आरोपमा कांग्रेसकी शान्ति तिवारी पक्राउ

काठमाडौं । प्रहरीले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी (सुस्ता पूर्व) घर भई हाल काठमाडौं बस्दै आएकी ५३ वर्षीया शान्ति तिवारी रहेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार तिवारीलाई काठमाडौंको शान्तिनगर क्षेत्रबाट पक्राउ गरिएको हो। नविना शाहीसहित ५ जना पीडितले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

५७ लाख रुपैयाँ लगानी गरेर तिवारीले १ करोड ४ लाख मागेर धाक धम्की दिने गरेको पीडितहरुले प्रहरीलाई बताएका छन् । आरोपी कांग्रेस निकट हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *