इन्धन संकट कम गर्न ४० करोड ब्यारेल मौज्दात तेल बजार पठाइँदै

मध्यपूर्वमा जारी संकटका बीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले ३२ सदस्य राष्ट्रहरूको आपत्कालीन भण्डारणबाट ४० करोड ब्यारेल तेल बाहिर ल्याउने भएको छ ।
विश्व तेल बजारमा आएको आपूर्ति अवरोध हटाउन यसो गर्न लागिएको हो।
यो आपत्कालीन तेल भण्डारण प्रत्येक सदस्य राष्ट्रको परिस्थितिअनुसार तोकिएको समयभित्र बजारमा उपलब्ध गराइने छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूसँग १.२ बिलियन ब्यारेलभन्दा बढीको आपत्कालीन तेल मौज्दात छ ।
यसबाहेक करिब ६०० मिलियन ब्यारेल उद्योगसँग सम्बन्धित तेल भण्डारण पनि सरकारहरूको नियन्त्रणमा रहेको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको इतिहासमा सदस्य राष्ट्रहरूले मिलेर तेल भण्डारण रिलिज गर्ने निर्णय गरेको यो छैटौं पटक हो ।
यसअघि सन् १९९१, २००५, २०११ र २०२२ मा दुई पटक यस्तो कदम चालिएको थियो ।
गत फेब्रुअरी २८ देखि सुरु भएको मध्यपूर्व संघर्षका कारण होर्मुज जलमार्गबाट हुने तेलको आपूर्तिमा गम्भीर असर परेको छ ।
यो मार्गबाट दैनिक करिब २० मिलियन ब्यारेल कच्चा तेल र तेल उत्पादन आपूर्ति हुने गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *