सन नेपाल लाइफका डेपुटी सिईओ कवि फुयाँलले दिए राजिनामा

काठमाडौँ ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कवि फुयालले पदबाट राजिनामा दिएका छन् ।  फुयाँलले शुक्रबारदेखि लागू हुने गरी सन नेपाल लाइफबाट राजीनामा दिएका हुन्।

आइएमई लाइफबाट बाहिरिएपछि करिब ६ महिना बीमा क्षेत्रबाट टाढा रहेका उनी २०८१ फागुनमा सन नेपाल लाइफमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा प्रवेश गरेका थिए।

फुयाँलले आइएमई लाइफमा पहिलो ४ वर्षे कार्यकाल पूरा गरेपछि दोस्रो कार्यकालका लागि समेत सञ्चालक समितिबाट नियुक्ति पाएका थिए।  तर, दोस्रो कार्यकाल सुरु हुनुअघि नै उनले पदबाट राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *