दुई महिनापछि खुल्यो विद्यालय

मुस्ताङ। तल्लो मुस्ताङका विद्यालय दुई महिनापछि खुलेका छन्।

हिउँदयाममा चिसोका कारण बन्द भएका त्यहाँका बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय आजदेखि खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ।

त्यहाँका विद्यालयहरुले अर्धवार्षिक परीक्षा सकेर पुस महिनाको पहिलो हप्ता विद्यार्थीहरुलाई जाडो बिदा दिएको थियो।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेका अनुसार ती क्षेत्रमा १८ वटा विद्यालय छन्।

मुस्ताङमा हिउँदयाममा पूरै विद्यालय बन्द गरेका शैक्षिक संस्थाले ४५ दिनको सरकारी बिदा र १५ दिनको सट्टा बिदा कटौती गर्ने गरी दुई महिना विद्यालय बन्द गर्ने गरेका छन्।

त्यसैगरी जाडो छल्न बेँसी झरेका माथिल्लो मुस्ताङका विद्यालयहरुले ४५ दिने सरकारी बिदा गरेर वैशाख महिनामा साविकको स्थानमा शैक्षिक पठनपाठन सुरु गर्ने गर्छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *