काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री एवं नेता विश्वप्रकाश शर्माले निर्वाचनको पछिल्लो परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हासिल गरिरहेको अग्रतालाई लोकतान्त्रिक अभ्यासको रूपमा स्वागत गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले मतदाताको फैसला सबैका लागि स्वीकार्य हुने बताएका हुन्।
शर्माले विगतमा ‘बुलेट’ (हतियार) को राजनीतिबाट आएको माओवादीलाई शान्ति प्रक्रिया र लोकतन्त्रमा स्वागत गर्दा देखाएको संयमलाई स्मरण गरेका छन्। उनले लेखेका छन्,’बुलेटबाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्याउँदै ब्यालेट (मतदान)बाट आउँदै गरेको रास्वपालाई स्वागत छ।’
उनले रास्वपाको यो उदय सन् २०७९ को निर्वाचनमा नै देखिएको संकेतका आधारमा अप्रत्याशित नभएको टिप्पणी गरेका छन्।
Artha Sanjal






