काठमाडौँ- १ मा रञ्जु दर्शना निर्वाचित

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की उम्मेदवार रञ्जु दर्शना विजयी भएकी छन्।

कुल २९ हजार ७७४ मत खसेकोमा १५ हजार ४५५ मत प्राप्त गरी उनी विजजी भएकी हुन्। यद्यपि, आधिकारिक रुपमा घोषणा हुन बाँकी छ।

नेपाली कांग्रेसका प्रवल थापा क्षेत्री ६ हजार ३६४, नेकपा एमालेका मोहनराज रेग्मी १ हजार ६१८, राप्रपाका रवीन्द्र मिश्र ३ हजार ९७२ र नेकपाकी मेनुका भण्डारीले ३४५ र श्रम संस्कृति पार्टीका समीर लामाले ४२६ मत ल्याएका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *