काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले काठमाडौंमा मतदान गरेका छन्।
रविले काठमाडौं–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गरेका हुन्
उनी चितवनमा उम्मेदवार छन्। उनले चितवनबाट भने मत दिन पाउने छैनन्।
यसैगरी वरिष्ठ नेता बालेनले सिनामंगलस्थित अन्नपूर्ण स्कुलमा मतदान गरेका हुन्। मतदानका लागि बालेन लाइन बसेका थिए।
मतदानपछि उनी आजै उम्मेदवार रहेको झापा–५ जाने बताइएकाे छ।
बालेन पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा ५ काे चुनावी मैदानमा छन्।




