काठमाडौँ । संघीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको आधिकारिक तथ्याङ्कअनुसार जनवरी महिनामा भारतको औद्योगिक उत्पादन सूचकांकमा अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले वृद्धि भएको छ ।
जनवरीको वृद्धिदर डिसेम्बरको ७.८ प्रतिशतभन्दा कम थियो । मन्त्रालयको तथ्याङ्कअनुसार जनवरीमा खानी, उत्पादन र विद्युत गरी तीन क्षेत्रको वृद्धिदर क्रमशः ४.३ प्रतिशत, ४.८ प्रतिशत र ५.१ प्रतिशत रहेको थियो ।
जनवरी महिनाका लागि सकारात्मक योगदानकर्ताहरूमा आधारभुत धातुहरूको निर्माण (१३.२ प्रतिशत), मोटर गाडी, ट्रेलर र सेमी–ट्रेलरहरूको निर्माण (१०.९ प्रतिशत), र अन्य गैर–धातु खनिज उत्पादनहरूको निर्माण (९.९ प्रतिशत) रहेका थिए ।
Artha Sanjal






