बैंकिङ प्रणालीबाट आज पनि ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता उच्च रहिरहेपछि नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। केन्द्रीय बैंकले ८८ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम झिक्न लागेको हो।

राष्ट्र बैंकका अनुसार अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सकिनेछ। इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र ५ करोड रुपैयाँले भाग जाने दरमा कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

यस उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ १० गते गरिनेछ। निक्षेप संकलन प्रक्रियामा केन्द्रीय बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *