विजय लघुवित्तको एफपीओ बाँडफाँट, साढे २१ लाख आवेदकको हात खाली

काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट गरिएको छ। पुस २१ देखि २४ सम्म बिक्री खुला भएको एफपीओ धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँट गरिएको हो।

साविकको नयाँ सारथि लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जरपछि ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी पुगेको रहेको लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ थियो।

सोही अनुपात समायोजन लघुवित्तले १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयर थप सार्वजनिक निष्कासन गरेको हो। २१ लाख ९९ हजार २६ आवेदकमध्ये बाट २ करोड ५० लाख ४१ हजार कित्ता सेयर माग भएको थियो।

मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट एफपीओ बाँडफाँट गरिएको हो। ४६ हजार ६८१ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ७ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। २१ लाख ४९ हजार ३५३ सदर आवेदकको हात खाली भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *