तनहुँका दुईवटै क्षेत्रमा रास्वपाले टुङ्ग्यायो उम्मेदवार, १ मा स्वर्णिम, २ मा श्रीराम

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ जिल्लाका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । जसअनुसार तनहुँ क्षेत्र नम्बर १ मा पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले चुनाव लड्ने पक्का भएको छ ।

त्यस्तै, तनहुँ क्षेत्र नम्बर २ मा इन्जिनियर श्रीराम न्यौपानेले टिकट प्राप्त गरेका छन् । न्यौपानेले सामाजिक सञ्जालमार्फत टिकट प्राप्त गरेको तस्बिर सार्वजनिक गरेका हुन् ।

गत चुनावमा यहाँबाट काँग्रेसका शङ्कर भण्डारी विजयी भएका थिए । तनहुँ १ मा भने उपनिर्वाचनबाट वाग्ले नै निर्वाचित भएका हुन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *