झुक्किएर सरकार चलाउने बल म कहाँ आए भने बालेनकै खुट्टामा पास गर्छु: रवि लामिछाने

काठमाडौं। राट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार चलाउने जिम्मा बालेनकै भएको बताएका छन्।

प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै सभापति लामिछानेले सरकार चलाउनेबारे बालेन शाहसँग भएको सहमतिमा कुनै समस्या आउन नदिने भन्दै भने झुक्किएर त्यो बल म कहाँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो हो।

‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ उनले भने, ‘झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो।’

‘यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु,’ उनले थपे।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *