हालसम्म ८९ लाख १७ हजार मतपत्र छपाइ, सवा करोड बढी छाप्नै बाँकी

काठमाडौं। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको ८९ लाख १७ हजार थान मतपत्र छपाइ भइसकेको छ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइ गरिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै १३ लाख १४ हजार मतपत्र छपाइ भएको थियो।

आयोगले २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गर्ने लक्ष्य राखेको छ। कुल मतदाताभन्दा केही प्रतिशत बढी मतपत्र छपाइ गर्नुपर्ने आयोगले जनाएको छ।

आयोगले उपलब्ध गराएको विवरण अनुसार अब एक करोड १९ लाख १३ हजार मतपत्र छपाइ हुन बाँकी छ। यस्तै, हालसम्म २० हजार ८३० बाकस बराबरको मतपत्र भने प्याकिङ भइसकेको छ।

अब १४ हजार ४२० बाकस बराबरको मतपत्र प्याकिङ गर्न बाँकी छ।

केन्द्रले १० लाख ९८ हजार दुई सय थान मतपत्र भने नमुनाका रुपमा आयोगमा पठाइसकिएको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *