काठमाडौं । नेपाल विद्युत् प्राधिकरण व्यवसाय विकास निर्देशनालय विद्युत् व्यापार विभागले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।
विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था रहेकाले सम्बन्धित सबै प्रवर्द्धक कम्पनीलाई विवरण पेश गर्नुपर्ने जनाएको हो ।
विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भई निर्माण चरणमा रहेका सबै आयोजनाका प्रवद्र्धक कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा आफ्नो आयोजनाको प्रगति प्रतिवेदन विभागमा पेश गर्नुपर्नेछ ।
तोकिएको समयभित्र विवरण नबुझाए पीपीएअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ। विभागका अनुसार निर्माणाधीन आयोजनाको वास्तविक अवस्था अद्यावधिक गर्न र समस्या पहिचान तथा समाधान गर्न यो निर्देशन जारी गरिएको हो।






