कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यसहित सातै प्रदेशका सभापतिलाई उपस्थित हुन निर्देशन दिइएको छ। आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा दोस्रो विशेष महाधिवेशन चलिरहेको सन्दर्भमा बैठक आह्वान गरिएको हो।

महाधिवेशनसँग सम्बन्धित विषयवस्तुका साथै समसामयिक राजनीतिक अवस्थाबारे छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको बुझिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *