एभरेष्ट बैंकको अधिकांश सूचकमा प्रगति: खुद नाफा सवा १ अर्बमाथि, प्रतिशेयर आम्दानी ३६.४४ रुपैयाँ

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकका अधिकांश वित्तीय सूचकमा उल्लेख्य प्रगति देखिएको छ।  यस अवधिमा बैंकले खुद नाफासँगै सञ्चालन मुनाफा, ब्याज आम्दानी लगायतका सूचकमा उल्लेख्य प्रगती गरेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तस एभरेष्ट बैंकको मुनाफा गत आर्थिक वर्षको तुलनामा ४.५६ प्रतिशतले बृद्धि भएको छ । बैंकले यस अवधिमा कुल १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि १२.३८ प्रतिशतले बृद्धि भएको छ । असोज मसान्तसम्ममा बैंकले दुई अर्ब ४० करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब १३ करोड ९० लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।

एभरेष्ट बैंकको सञ्चालन मुनाफा पनि बृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको सो मुनाफा ४.५८ प्रतिशतले बृद्धि भएर एक अर्ब ६८करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६१ करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

१२ अर्ब ९४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४४ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २५५ रुपैयाँ ६९ पैसाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *