सिद्धार्थ बैंकले कमायो ३२ करोड ४० लाख खुद नाफा, कस्ता छन् अन्य वित्तीय सूचक ?

काठमाडौँ ।  सिद्धार्थ बैंक लिमिटेडले  चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार बैंकले तीन महीनामा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

बैंकको खुद नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.१७ प्रतिशत कमी हो । गत आर्थिक वर्ष कम्पनीको मुनाफा ३८ करोड २० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको सञ्चालन  नाफा ५३ करोड ९५ लाख रुपैयाँबाट घटेर साढे ५०करोडमा सिमित भएको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब १६ करोड २५ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ३.८० प्रतिशत रहेको छ ।

कम्पनीको चुक्तापूँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।  जगेडा कोषमा  १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँबाट घटेर १ अर्ब ६१ करोड रुपैयाँमा छ ।

असोजमसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी  १०.६४ रुपैयाँबाट घटेर ९.०३ रुपैयाँमा पु्गेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ भने २१८.०५ रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *