दोस्रो विश्व शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल कतार प्रस्थान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका छन्।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी हुन गएका हुन्।

यो सम्मेलन कात्तिक १८ गतेदेखि २० गतेसम्म आयोजना हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *