कामना सेवा विकास बैंकको नाफा १३.९२ प्रतिशतले घट्यो

कामना सेवा विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रयमासको आय विवरण सार्वजनिक गरेको छ | जसमा बैंकको नाफा १३.९२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले जम्मा ५० करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ ।

बैंकले चैत मसान्तसम्ममा ४३ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा बैंकले  ४५ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ मात्र निक्षेप संकलन गरेको छ ।  बैंकसँग अहिले ९ करोड ४५ लाख रुपैयाँ मात्रै वितरणयोग्य नाफा रहेको छ ।

चैत मसान्तसम्ममा बैंकको पुँजी कोष अनुपात घटेको छ । गत वर्ष १४.०३ प्रतिशत रको पूँजी कोष अनुपात यो वर्ष घटेर १२.७९ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा गत वर्ष १ प्रतिशत थियो थियो भने अहिले बढेर २.२० प्रतिशत पुगेको छ । बैंकको सिडी रेसियो ८८.४८ प्रतिशत, बेसरेट १०.३९ प्रतिशत र ब्याजदर ४.४६ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *