काठमाडौं। सर्वोच्च अदालतले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई छाड्न आदेश दिएको छ।
आज कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई थुनाबाहिरै राख्न आदेश दिएको हो।
आदेशमा भनिएको छ, ‘निजको पक्राउ पुर्जी र म्याद थप कानुन सम्मत देखिएन। निजमाथि दाबी कसुरको अनुसन्धान हिरासतबाहिर बसेर नै हुन सक्ने प्रकृतिको देखिँदा सम्बन्धित अदालतबाट अनुमति लिई मात्र निवेदकलाई विदेश जान दिनू, निजलाई तत्काल थुनामुक्त गर्नु भनी बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ।’
गत चैत १५ गते खड्का पक्राउ परेका थिए। उनमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धान भइरहेको छ।
Artha Sanjal






