विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढ्याे, १५.४ महिनाको आयात धान्न सक्ने

काठमाडौं । नेपालको विदेशी मुद्रा (विदेशी विनिमय) सञ्चिति पौने २७ खर्ब पुगेको छ । गत आर्थिक वर्षमा नेपाली रुपैयाँमा विदेशी विनियम सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत आर्थिक वर्षमा ३१.२ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ । २०८१ असार मसान्तमा अमेरीकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत छ ।

विदेशी विनिमय सञ्चितमा उच्च वृद्धि हुँदा गत आर्थिक वर्षमा आयात बढेपनि सञ्चिति पर्याप्तता सूचक बढेर १५.४ महिनाको बस्तु तथासेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *