शेयर बजारमा दोहोरो अंकको गिरावट, ६ अर्ब ५४ करोड माथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८.०२ अंकले घटेर २७३९.९५ को विन्दुमा बन्द भएको छ ।

आज ३२३ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ५४ करोड माथिको शेयर कारोबार भएको छ । आज ४१ कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ७५ करोडको शेयर कारोबार भएको छ । नेपाल पुनर्बिमा कम्पनीको २४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विकास हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । सीवाइसी नेपाल लघुवित्तका लगानकिर्ताले ४.७४ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन डिष्टिरीका लगानीकर्ताले ३.६० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.२९ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *