ट्रेजरी बिलमार्फत् सरकारले ५ अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौं। ट्रेजरी बिलमार्फत सरकारले सोमबार ५ अर्ब रुपैयाँबराबर आन्तरिक ऋण उठाउन लागेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै २८ दिने ट्रेजरी बिलमार्फत उल्लेखित रकम उठाउन लागेको जनाएको हो ।

कार्यालयले उल्लिखित रकम बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो ।

भदौ ९ गते  दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने सूचनामा उल्लेख छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ ।

पछिल्लो पटकको बोलकबोलमा १८२ दिने ट्रेजरी बिलमा २.४९ प्रतिशत र ३६४ दिनेमा २.६० प्रतिशत भारित औसत ब्याजदर तय भएको छ ।

बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६२ प्रतिशत र सबैभन्दा कम २.१५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *