२१ साउनदेखि लमही-घोराही सडक ४ दिन बन्द हुने

काठमाडौं । दाङको लमही–घोराही सडकखण्ड चार दिनसम्म बन्द हुने भएको छ । सो सडकखण्डमा पर्ने मसोट खोलाको पुल आकस्मिक रुपमा मर्मत गर्नुपर्ने भन्दै साउन २१ गतेदेखि चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाहरुको बैठकले लमही–घोराही सडकखण्डमा यही साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म दुई पांग्रे सवारी साधन बाहेक अरु सवारी साधन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

यो सडकको विकल्पको रुपमा लमही–अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *