नाडा अटो शोको अग्रिम टिकट बुकिङ खुल्यो, २० प्रतिशतसम्म छुट

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले ‘नाडा अटो शो २०२५’ को लागि अग्रिम टिकट बुकिङ खुलाएको छ। आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ का लागि नाडाले अग्रिम टिकट बुकिङ खुलाएको हो।

यसका लागि खल्ती बाई आईएमई मोबाइल वालेटबाट टिकट बुकिङ गर्न सकिने र अग्रिम टिकट बुकिङमा २० प्रतिशत छुट पाउने नाडाले जनाएको छ।

नाडाको टिकेटिङ पार्टरमा खल्ती बाई आईएमई पे र हस्पिटालिटी पार्टनरमा किस्ट टिचिङ हस्पिटल रहेका छन्। नाडाको सामान्यतर्फ टिकट मूल्य २०० रुपैयाँ र विद्यार्थीको लागि १५० रुपैयाँ तोकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *