एनआईसी एसिया क्यापिटलका ५ म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौं। एनआईसी एसिया क्यापिटलले पाँच म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ। बुधबार बसेको सञ्चालक समिति बैठकले बैंक व्यवस्थापनमा सञ्चालित पाँच म्युचुअल फन्ड योजनाको लाभांश घोषणा गरेको हो।

बैठकले एनआईसी एसिया सेलेक्ट ३० (इन्डेक्स फन्ड), एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआईसी एसिया डायनामिक डेफ्थ फन्ड, एनआईसी एसिया ग्रोथ फन्ड र एनआईसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश घोषणा गरेको हो।

एनआईसी एसिया सेलेक्ट ३० का इकाइधनीलाई गत वर्षको नाफाबाट करसहित १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डको करसहित १०.५० प्रतिशत, ग्रोथ फन्डको करसहित ९.५० प्रतिशत र ब्यालेन्स्ड फन्डको करसहित ९.२५ प्रतिशत प्रतिफल वितरण घोषणा गरेको हो।

बन्दमुखी डायनामिक डेफ्थ फन्डका इकाइधनीलाई करसहित १० प्रतिशत लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

 

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *