तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले गत असार १६ गतेदेखि निष्कासन गरिरहेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर १ को अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गरिसकेको छ। यसर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीले मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

यसअघि आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएकोमा पर्याप्त आवेदन नपरेपछि साउन ११ गतेसम्म म्याद थप गरिएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *