अर्थसंजाल समचार प्रभाव: एनआईसी एशिया बैंकले ‘जिएसडी प्रमुख’ हटायो

काठमाडौं । एनआईसी एशिया बैंकले जनरल सर्भिस डिपार्टमेन्ट (जिएसडी) का प्रमुखलाई जिम्मेवारीबाट हटाएको छ।

पोखरेलले नियमविपरित काम गर्दै आएको बिषय सार्वजनिक भएपछि बैंक संचालक समितिकै निर्देशनमा जिएसडी प्रमुख सुजन पोखरेललाई मानव संसाधन विभागमा तानिएको छ। पोखरेललाई हटाएर जिएसडीमा वित्त विभागकी अब्बिका अर्याललाई ल्याईएको छ।

जिएसडी प्रमुख सुजन पोखरेलले बैंक सञ्चालनको लागि आवश्यक विवध खरिद प्रक्रियादेखि अत्यावश्यक सामान खरिदमा समेत कमिसन लिने गरेको तथ्यसहितको समाचार अर्थसंजाल डटकमले सार्वजनिक गरेको थियो। बैंकको  जिएसडी ‘अनियमितता र भ्रष्टाचारको अखडा’ बनिरहेको तथ्य भेटिएपछि अर्थसंजालले निरन्तर समाचार सम्प्रेषण गर्दै आएको थियो।

पोखरेलले व्यापारिक फर्महरूसँग मिलेर सेटिङ गर्ने, जुन सप्लायर्ससँग कमिसनको कुरा मिल्छ उसैलाई टेन्डर दिने,  सामान आपूर्तिमा मनपरी मूल्य निर्धारण गर्ने, मिलेमतोमा टेन्डर वितरण, र समानको गुणस्तरमा लापरवाहीजस्ता अनियमितता हुँदै आएको भेटिएको थियो।

पोखरेलका अनियमिताबारे बैंकभित्रकैका कर्मचारीहरुले समेत प्रश्न उठाउँदै जीएसडी विभागले गर्ने हरेक खरिद प्रक्रियामा अनियमितता देखिएकाले  विभागमा हुँदै आएका अनियमिताबारे निश्पक्ष छानविनको माग उठेपछि बैंकले उनलाई हटाएर छानविन प्रक्रिया अघि बढाएको बताईएको छ।

यस विभागको नेतृत्व गरेका कर्मचारीले बैंकको भवन निर्माणदेखि सामान्य खरिद प्रक्रियामा समेत कमिसन लिने गरेको भेटिएको थियो । आधा अर्ब खर्चेर निर्माण गरेको एनआईसी एशिया बैंकको कमलादीस्थित केन्द्रिय कार्यालयको नवनिर्मित भवन महिनादिन नपुग्दै चुहिएपछि यसको जिम्मा लिएका कर्मचारीले निर्माण कम्पनीसँग मिलेर करोडौँको भ्रष्टाचारको आशंका गरिएको छ।

छुटाउनु भयो कि ?

एनआईसी एशिया बैंकको नवनिर्मित भवन महिना दिनमै चुहियो: आधा अर्व जोखिममा, भ्रष्टाचारको आशंका

Leave a Reply

Your email address will not be published. Required fields are marked *