दोर्दी खोलाको हकप्रद शेयर बाँडफाँड


काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले दोस्रो पटक लिलामीमा राखेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ।

कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निकालेकोमा १९ लाख ४६ हजार ६७६ कित्ता शेयर बाँकी रहेको मध्ये लकइनमा नरहेको संस्थापकतर्फको १२ लाख ८५ हजार ४९ कित्ता र सर्वसाधारणतर्फको ४ लाख ९५ हजार ६७९ कित्ता र लकइनमा रहेको सर्वसाधारणतर्फको १ लाख ६५ हजार ९५६ कित्ता शेयर रहेको थियो।

कम्पनीले गत जेठ ११ देखि २० गतेसम्म लिलाम बिक्रीमा राखी बाँडफाँड गर्दा अझै लकइनमा नरहेको सर्वसाधारणतर्फको ९३ हजार ६२९ कित्ता शेयर बाँकी बसेको थियो।

कम्पनीले उक्त शेयर पनि पुनः असार २४ देखि ३२ गतेसम्म लिलाम बिक्रीमा राखेकोमा यस अवधिमा परेका बोलपत्रहरू खोली साउन ७ गते शेयर बाँडफाँड गरेको हो।

बाँडफाँडको अन्तिम मूल्य २८३ रुपैयाँ कायम भएको। तसर्थ सोही मूलयमा बोलपत्र पेश गर्नेलाई सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँड गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *