सांग्रिला डेभलपमेन्ट बैंकको खराब कर्जा ह्वात्तै बढ्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८१।८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

जसअनुसार गत आर्थिक वर्षमा बैंकले ५३ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकले ५० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। गत आर्थिक वर्षको तुलनामा ६.५१ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा १३ करोड १८ लाख रुपैयाँ रहेको थियो। विवरणअनुसार बैंकको लाभांश वितरण गर्ने क्षमता ११.६४ प्रतिशत देखिएको छ।

समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ७७ करोड ४२ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ७० करोड ३४ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि १०.०६ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब ८८ करोड ९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत बर्ष सोहि  अवधिमा बैंकले १ अर्ब ९० करोड ६८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।  बैंकको ब्याज आम्दानी यस अवधिसम्म १.३६ प्रतिशतले घटेको छ।

बैंकले यस अवधिमा ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष बैंकले ५४ अर्ब २ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर ५.६४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.९३ प्रतिशत रहेको थियो।

बैंकको प्रतिशेयर आम्दानी बढेर १५.१० रुपैयाँ कायम भएको छ। गत वर्ष यो १४.७० रुपैयाँमा सीमित थियो। पीई रेसियो ३०.६५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ।

चुक्तापुँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ४१ करोड ३८ लाख रुपैयाँ र १ अर्ब ६० करोड ३० लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः १३ करोड १८ लाख रुपैयाँ र १ अर्ब ४२ करोड १५ लाख रुपैयाँ थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *