पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता

काठमाडौँ। पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ।

उनकी पत्नी दोमाया पौडेलले बुधबार रिट दर्ता गर्दै बिना प्रमाण पक्राउ गरिएको दाबीसहित थुनामुक्त गर्न माग गरेकी छन्। रिटको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।

यसअघि पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान अघि बढ्दै उनलाई प्रहरी हिरासतमा राखिएको र विशेष अदालतले मङ्गलबार सात दिनको थुना म्याद थप गरेको जनाइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *