छ्याङ्दी हाइड्रोको हकप्रद बाँडफाँड

काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । नेपाल धितोपत्र बोर्डले वैशाख १२ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल अनुसार हकप्रदमा रितपुर्वक आवेदन दिने २७ हजार ५ सय ३४ जना आवेदकलाई ३५ लाख ७० हजार ९ सय ४३ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको छ।

बिक्री नभएको २ लाख ९८ हजार ८ सय ३२ कित्ता शेयर साउन १४ गतेदेखि साउन २१ गतेसम्म लिलाममा आउनेछ।

कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्नेछ ।  यस शेयरमा आवेदन दिंदा न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

कम्पनीले जेठ २३ गतेदेखि असार २७ गतेसम्म हकप्रद बिक्री गरेको थियो ।  कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *