निफ्राको खुद नाफा १३.८६ प्रतिशतले घट्यो, कति छ प्रतिशेयर आम्दानी ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  जसअनुसार बैंकको खुद नाफा १३.८६ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब १४ करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ३२ करोड थियो। यस अवधिमा बैंकको ब्याज आम्दानी २ अर्ब ७८ करोडबाट घटेर २ अर्ब ४६ करोड कायम भएको छ। बैंकको कुल संचालन आम्दानी २ अर्ब ५६ करोडबाट घटेर १ अर्ब ९२ करोड कायम भएको छ।

त्यस्तै,  बैंकको वितरणयोग्य मुनाफा भने ७६.०८ प्रतिशतले बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ५.३० रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ ११८.८८ रुपैयाँ रहेको छ। २१ अर्ब ६० करोड चुक्ता पुंजी रहेको बैंकको रिजर्भमा ४ अर्ब ७ करोड रुपैयाँ रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *