एक वर्षमा १०५ वटा पक्की पुल निर्माण, ९३२ किमि सडक कालोपत्रे

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ असारसम्म सडक कालोपत्रे लक्ष्यभन्दा दुई किलोमिटर बढी १०५ वटा मोटरेबल पुल निर्माण गरिएको कार्यप्रगति सार्वजनिक गरेको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पत्रकार सम्मेलन गर्दै आव २०८१/८२ मा सबैभन्दा बढी ७६.४१ प्रतिशत भएको जानकारी दिएका हुन्।

एकवर्षे अवधिमा ९३० किमि कालोपत्रे गर्ने लक्ष्य रहेकामा ९३२ किमि कालोपत्रे सम्पन्न भएको र १५० वटा पुल निर्माण गर्ने लक्ष्य रहेकोमा १०५ वटा पक्की पुल निर्माण सम्पन्न तथा १० वटा बेलीब्रिज जडान भएको दाहालले जानकारी दिए।

मन्त्रालयले रुग्ण आयोजनाको पहिचान र व्यवस्थापनलाई प्राथमिकता दिएर काम गरेको, आयोजना सुरु भए पनि अलपत्र हुने परिपाटी अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले अध्ययन गरी दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्का संख्या उल्लेख्य मात्रामा घटाइएको मन्त्री दाहालको भनाइ छ।

यस्तै, आव २०८०/८१ मा विकास निर्माणका आयोजनामा दायित्व सिर्जना भई सोही आवमा भुक्तानी दिन बाँकी कुल दायित्व रकम ८ अर्ब ६६ करोड दोस्रो त्रैमासिक अवधिभित्रै भुक्तानी दिइएको, मन्त्रालयको विगत ६ वर्षको कुल प्रगति तुलना गर्दा आव २०८१/८२ मा सबैभन्दा बढी ७६.४१ प्रतिशत खर्च भएको र मन्त्रालयको कुल ६७ वटा बजेट उपशीर्षकमध्ये २५ वटा बजेट उपशीर्षकमा ९०% भन्दा बढी प्रगति हासिल भएको विवरणमा उल्लेख छ।

ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण सम्पन्न भएको, नागढुंगा, सिद्धबाबा सुरुङ मार्ग निर्माणले गति लिएको, आव २०८१/८२ मा ९३० किमि कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य राखिएकोमा ९३२ किमि कालोपत्रे भएको र २०८१/८२ मा १५० वटा पुल निर्माण गर्ने लक्ष्य लिइएकामा १०५ वटा पुल निर्माण सम्पन्न भएको मन्त्री दाहालले प्रगति विवरणमा उल्लेख गरेका छन्।

मन्त्रालयका अनुसार पानीजहाज सञ्चालनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा पेस भएको छ भने प्रदेशस्तरबाटै इलेक्ट्रोनिक चिप्स वा क्यूआरकोडसहितको सवारी चालक अनुमतिपत्र छपाइ गर्न सहजीकरण हुने गरी सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन भएर कार्यान्वयन प्रक्रियामा अगाडि बढाइएको मन्त्री दाहालले बताए।

मन्त्री दाहालले २०८१ असोज १०–१२ अविरल वर्षाले क्षतिग्रस्त बीपी अरनिको, मेची, कान्ति, त्रिभुवन, पृथ्वी राजमार्गलगायत देशका विभिन्न राष्ट्रिय राजमार्ग मर्मत गरी तत्काल सवारीसाधन सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *